

माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छः शेरबहादुर देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने बताएका छन्।
आइतबार बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखितद्वारा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमतकै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताएका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ।
उनले देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताए। तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भएपछि नहट्ने उहाले बताए।
सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फर्किएको भन्दै उनले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताए।

