मोटरसाइकल र स्कोर्पियो ठोक्किँदा एक जनाको मृत्यु 


कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति ११ बजे लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक शिखर विक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए।

दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया