सुन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो 


काठमाडौँ – स्थानीय बजारमा आज सुनको भाउ वृद्धि भएको छ। मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा दुई लाख ९१ हजार बढेको हो। मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० थियो।

चाँदी ११०ले बढेर चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया