
प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं — नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदी तोलामा १०० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६९.४३ अमेरिकी डलर र चाँदी ५८.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



कागजपत्र |
