फिफा विश्वकपः अमेरिका विश्वकपको अन्तिम १६ मा


काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६ मा पुगेको हो ।

अमेरिकाका फोलोरिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए । बालोगुनले खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६४औँ मिनेटमा रातो कार्ड पाएर १० जनामा सिमित भएको अमेरिकाका लागि ८२औँ मिनेटमा टिलम्यानले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

आजको खेलमा अमेरिकाका लागि पहिलो गोल गरेका बालोगुनले बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि रातो कार्ड पाएका थिए । अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

प्रतिक्रिया