आजको माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

मधेश र कोशी प्रदेश तराईको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान छ ।

यसैगरी आज राति देशभर साधारणतया बादल लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया