पूर्व डीआईजी चन्दको निधन


काठमाडाैं – नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ।

प्राप्त जानकारीअनुसार ललितपुर महानगरपालिका–१८ नख्खु श्रीजनामार्गस्थित निवासमा गत असार ५ गते राति करिब ९ बजे लडेर घाइते भएका चन्दलाई तत्काल मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको बताइएको छ।

त्यसपछि असार १०  गते दिउँसो पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पुनः मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा बुधवार बिहान ६ः५५ बजे उनको निधन भएको जनाइएको छ।

चन्द नेपाल प्रहरीका पूर्व डीआईजी हुन्। उनी उमेरहदका कारण  २०८१ मंसिर ३० मा  नेपाल प्रहरी सेवाबाट अवकाशमा गएका थिए।

 

प्रतिक्रिया