अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ


काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार टोखा नगरपालिका-१० टोकियो बजार टोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८ वर्षीय युगसाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान, नगद १ लाख १५ हजार रूपैयाँ र भारतीय रूपैयाँ २ हजार २ सय सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुका खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५७ मिलिग्राम सहित गौरीगंज गाउँपालिका-१ रङगेथान बस्ने २० वर्षीय जिवन राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय बिक्रम भन्ने अभिनास चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-११ ज्योतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक कार्की ढोली र सोही नगरपालिका-३ लच्का बस्ने ३० वर्षीय फिलेमान शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्र.१-०५-००१ प ८५२७ नम्बरको स्कुटरमा सवार अभिषेक र को.प्र.०५-००२ प ३६४१ नम्बरको मोटरसाइकलमा सवार फिलेमानलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-४ झ्यालबासबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाइजेपाम १३ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने ३३ वर्षीय ओम प्रकाश गर्वुजा पुन र सोही महानगरपालिका-३० बस्ने ३७ वर्षीय मदन गुरूङ रहेका छन् । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले प्रदेश ०१-०२-०५५ प ३६६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय शेर सिंह रोका मगर र सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय अबिन केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र बुप्रेनोर्फिन ३६ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जीतगढीकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.१८ प ७८३५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सृजना टोल बस्ने २५ वर्षीय रबि श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम र नगद ४५ हजार ९ सय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुमे गाउँपालिका-२ बस्ने हिमाल घर्ती र २८ वर्षीय राज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले रा.७ प ९६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध स्पास्पेन ३३ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने ३० वर्षीय सन्तोष खाती र २६ वर्षीय सागर श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.प्र ०१-००१ ख ०११४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीस्थित डोको कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम सहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने १९ वर्षीया अञ्जली सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त कटेजमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया