सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घट्यो


काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २०५ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया