
मलद्वारमा लुकाएर ‘ब्राउन सुगर’ ओसार्ने २ जना पक्राउ
मोरङ – मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२ण्०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा केशवको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागू औषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागू औषध फेला परेको छ ।
हाल दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
