
सुन र चाँदीको घट्यो मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – स्थानीय बजारमा बिहीबार (जेठ २१) सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ । बुधबार (जेठ २०) छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
