सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न आविस्कार केन्द्रसँग सहकार्यको तयारी


काठमाडौं-  सरकारी अस्पतालहरूमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरिएको छ ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या तथा खाद्य स्वच्छतामन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच छलफल भएको छ । छलफलका क्रममा सरकारी अस्पतालहरूमा थन्किएर रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गर्ने, तिनको अवस्था मूल्याङ्कन गर्ने तथा आवश्यक मर्मत सम्भार गरी पुनः प्रयोगमा ल्याउने विषयमा सहकार्य गर्ने सहमति भएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमार्फत देशभरका सरकारी अस्पतालमा रहेका यस्ता उपकरणहरूको सूची तयार गरी चरणबद्ध रूपमा मर्मत गर्ने योजना अघि सारिएको छ । यसले स्वास्थ्य सेवामा देखिएको उपकरण अभाव केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया