सेयर बजारमा सुधार, पाँच अर्ब २६ करोडको कारोबार


काठमाडौं-  नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया