राष्ट्रियसभाबाट ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक’ पारित


काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको हो ।

उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रश्ताव पेश गरेका थिए ।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जवाफ दिँदै समावेशी प्रतिनिधित्वसम्बन्धी संशोधन प्रश्तावहरू निर्वाचनसम्बन्धी कानुन संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तीन वटै संशोधन प्रश्ताव फिर्ता लिएको थियो ।

 

प्रतिक्रिया