राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित


काठमाडौं-  राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ।

आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच कांग्रेस सभापति गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

पार्टी समायोजनसँगै राष्ट्रिय सद्भावना पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा विलय भएको छ।

अध्यक्ष झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।

समायोजन सहमति कार्यक्रममा कांग्रेस सभापति थापा, राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष झा, कांग्रेस महामन्त्री प्रदीप पौडेललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

दुवै पक्षले राजनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले पार्टी एकीकरण गरिएको बताएका छन्।

प्रतिक्रिया