संसद्मा एक्कासी आक्रोशमा किन आइन् आशिका ?

चार सांसदहरुले बाहिर लगेर ‘कूल’ गराएर ल्याए


काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षीय सांसद आशिका तामाङ एक्कासी आवेशमा आएकी छिन् ।

आइतबारको प्रतिनिधिभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरुले प्रश्नको उत्तर दिएर बाहिरिएपछि श्रम संस्कृति पार्टीका सांसदहरुको अभिव्यक्तिबाट आशिका आक्रोशित भएकी थिइन् ।

सत्तापक्षकै सांसद एक्कासी आक्रोशित बनेपछि उनलाई रास्वपाका सांसदहरु रञ्जु दर्शना, ज्वाला संग्रौला र रिमा विश्वकर्माले हलबाहिर लगेका थिए । आशिकालाई उनीहरुले सम्झाउँदै हल बाहिर लगिरहँदा पनि आशिका आक्रोशित नै देखिएकी थिइन् । उनलाई केहीबेर हलबाहिर लगिएर ‘कूल’ गराईसकेपछि उनै सांसदहरुले पुनः प्रतिनिधिभा बैठकस्थलमा पुनः प्रवेश गराइएको थियो ।

उनी प्रतिपक्षी दलहरुका सांसदहरको अभिव्यक्तिका कारण आक्रोशित बनेको देखिएको छ ।

प्रतिक्रिया