एसियाली खेलकुद छनोटः नेपाली क्रिकेट टिम चीनसँग भिड्दै


काठमाडौं – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालका पुरुष र महिला दुवै टिमले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने पुरुषतर्फको प्रतिस्पर्धा आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ । त्यस्तै महिलातर्फको प्रतियोगिता पनि सोही समयमा मलेशियामा हुँदैछ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन् । यस समूहमा नेपाल र चीनसँगै मलेसिया छन् ।

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुद छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिम घोषणा गरेको छ । केही दिन अगाडि सिंगापुर पुगेको नेपाली टिम दुई दिनको अभ्यासपछि चीनसँग प्रतिस्पर्धाका लागि तयार छ । समूह विजेता बन्दै एसियाली खेलकुदमा छनोट हुने नेपालको लक्ष्य छ ।

टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की छन् ।

त्यसैगरी नेपाली महिला टिमले पनि चीनसँग प्रतिस्पर्धा गर्दैैछ । नेपाली महिला टिमले छनोटअन्तर्गत तेस्रो स्थानका लागि चीनसँग खेल्ने भएको हो ।

 

प्रतिक्रिया