
साफ महिला च्याम्पियनसिपः आज श्रीलंकासँग भिड्दै नेपाल
काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल आज बेलुकी पौने ५ बजे खेल भारतको गोवामा हुनेछ।
नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल पुग्नु पर्नेछ। सेमिफाइनलमा प्रवेश गर्दा उसको रोजाइको प्रतिद्वन्द्वी को हुनेछ ?अझै टुंगो लागेको छैन्। भारत वा बंगलादेश।
नेपाली फुटबललाई एउटा अर्को के तथ्यमा विश्वास हुनुपर्छ भने श्रीलंकाविरुद्ध आफूअनुकूल नतिजा निकाल्न गाह्रो हुने छैन।
अहिलेसम्मका लागि यो समूहमा भुटान दुई खेलबाट ३ अंकसहित अगाडि छ। एक खेल खेलेको नेपालसँग पनि ३ अंक छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो भुटानविरुद्धको यो जित एक प्रकारले संघर्षपूर्ण रह्यो। त्यसपछि भुटानले श्रीलंकालाई सजिलै ४–० ले हराएको थियो।
श्रीलंका भने अंकविहीन छ। यस्तोमा यहीं श्रीलंकामाथि नेपालले जित त अपेक्षा गर्न नै सक्छ।
टिमले पाँच दिनको आराम र प्रशिक्षण दुवै पाइसकेको छ। आजै लिग चरणको सबै खेल सकिनेछ। दोस्रो खेलमा समूह बीमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत पनि भिड्दै छन्।
महिला फुटबलमा नेपाल र श्रीलंका अहिलेसमेम १० पटक भिड्दा नेपालले सबै खेलमा बाजी मारेको छ। नेपालले दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा तीनपल्ट श्रीलंकासँग खेलेको छ। जसमा ८–१, ४–० र १–०।
महिला साफ च्याम्पियनसिपमा भने छपल्ट खेलेको छ। नेपालले प्रतियोगितामा श्रीलंकासँग एकै गोलसमेत खाएको छैन।



कागजपत्र |
