
महावीर पुनको माग सम्बोधन, विज्ञान–प्रविधि क्षेत्रमा पूँजीगत बजेटको १ प्रतिशत विनियोजन
काठमाडौं- सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका लागि छुट्टै बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत रकम विनियोजन गरिएको जानकारी दिए।
यो व्यवस्था सांसद महावीर पुनले लामो समयदेखि उठाउँदै आएको मागसँग जोडिएको हो। उनले विज्ञान तथा अनुसन्धान क्षेत्रमा निश्चित प्रतिशत बजेट छुट्याउनुपर्ने भन्दै निरन्तर आवाज उठाउँदै आएका थिए।
सरकारले अब उक्त क्षेत्रलाई संस्थागत रूपमा सुदृढ गर्दै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने नीति लिएको छ।



कागजपत्र |
