
नेपाल टेलिकमको ३४ प्रतिशत शेयर नागरिकलाई दिइने
काठमाडौं- सरकारले सार्वजनिक दूरसञ्चार कम्पनी नेपाल टेलिकममा आफ्नो स्वामित्व कटौती गर्दै सर्वसाधारणको सेयर हिस्सा बढाउने ऐतिहासिक घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशत मात्र कायम राखी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेका हुन्।
हाल नेपाल टेलिकममा नेपाल सरकारको ९१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ। सरकारी एकाधिकारलाई केही खुकुलो बनाउँदै कम्पनीमा नागरिकको सहभागिता बलियो बनाउन सरकारले आफ्नो स्वामित्व ६६ प्रतिशतमा सीमित गर्न लागेको हो।



कागजपत्र |
