
सिद्धार्थ आयलको तोरी तेल न्यूनस्तर, बजारबाट फिर्ता गर्न विभागको आदेश
काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त उत्पादन फिर्ता गर्न विभागले आदेश दिएको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संकलित आयातित कच्चा तेलबाट उत्पादित तोरी तेल नेपाल खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डअनुसार नभएको पाइएको छ ।
उक्त उत्पादन सिद्धार्थ आयल प्रोडक्ट्स, रूपन्देहीले उत्पादन गरेको २० लिटर क्षमताको तोरी तेल हो, जसको उत्पादन मिति २०८२ पुस २६ र उपभोग्य मिति ६ महिना रहेको विभागले जनाएको छ ।
विभागले सम्बन्धित उत्पादकलाई उक्त तेलको बिक्री–वितरण रोक्न र बजारमा पुगेका सबै उत्पादन तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । साथै उपभोक्तालाई पनि यस्तो उत्पादन प्रयोग गर्दा सतर्क रहन आग्रह गरिएको छ ।

Screenshot



कागजपत्र |
