
एसियन गेम्स महिला क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै
काठमाडौं – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज इन्डोनेसियासँग खेल्दैछ ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।
आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने दाउमा छ ।
इन्डोनेसिया पनि नेपाललाई फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउने सोचमा छ ।



कागजपत्र |
