सिंहदरबारमा प्रधानमन्त्री शाह र ईयू मिसन प्रमुखबीच छलफल


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा जारी भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य विस्तार तथा नेपालको वर्तमान प्राथमिकताबारे छलफल भइरहेको जनाइएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल र ईयू आबद्ध राष्ट्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत संवाद केन्द्रित रहेको छ ।

यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए ।

प्रतिक्रिया