
समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक
काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले सोमबार सूचना जारी गर्दै घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।
समिति अनुसार सरकारबाट २०८० चैत १९ गते समस्याग्रस्त घोषित ती सहकारीहरूको उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो ।
समितिले ऋण चुक्ता गरिसकेका तर नाम सूचीमा परेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यस्तै, ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण नतिरे कानुनअनुसार कडा कारबाही गरी असुलउपर गरिने चेतावनी समेत दिइएको छ ।



कागजपत्र |
