तीन संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट पारित


काठमाडाैं- प्रतिनिधिसभाको आजको बैठकले तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दलको विरोधबीच प्रस्तावहरू पारित भएका हुन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने तीनवटै प्रस्ताव स्वीकृत गरिएको हो।

प्रधानमन्त्री तथा गृहमन्त्री र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती प्रस्तावहरू प्रस्तुत गरेकी थिइन्।

सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन सांसदहरूको नाम माग गरे पनि कोही पनि नाम नआएपछि प्रस्तावहरू स्वीकृतिका लागि प्रस्तुत गरिएको थियो।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो। त्यस्तै, प्रतिपक्षी दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले रोष्ट्रम अघि पुगेर नाराबाजीसमेत गरेका थिए।

प्रतिक्रिया