प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि शनिवार बिहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक राख्ने विषयमा प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रममा छोटो मन्तव्य दिएर हिँडेका प्रचण्डसँगको टेलिफोनमा भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया