चीन र स्विटजरल्यान्डबाट आउने अनुदान स्वीकार गर्ने सरकारको निर्णय


काठमाडौं- सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुई वटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार दुवै देशबाट प्राप्त हुने विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विटजरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्यांक अनुदान स्वीकार गरिएको छ ।

त्यस्तै, अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान रकम पनि स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सरकारले उक्त सहयोग रकम विकास तथा पूर्वाधार सुधारका विभिन्न परियोजनामा उपयोग गरिने जनाएको छ ।

प्रतिक्रिया