दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप


काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले तीन दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रसाईंलाई सोमबार राति पर्साको वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

प्रहरीले मंगलबार उनलाई जिल्ला अदालत पर्सामा उपस्थित गराएको थियो । अदालतबाट अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्ने गतिविधि गरेको तथा राज्यविरुद्ध उक्साउने कार्यमा संलग्न रहेको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो ।

प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक हुन् । उनी एक कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए । उक्त कार्यक्रम बुधबारका लागि तय गरिएको बताइएको छ ।

प्रतिक्रिया