व्यवसायिक शिक्षा र तालिम अभिवृद्धि परियोजनामा यूवाको सक्रियता बढ्दो


काठमाडौं – भृकुटीमण्डपमा व्यवसायिक शिक्षा र तालिम अभिवृद्धि परियोजनामा भाग लिनेको भीड लागेको छ ।

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा सहभागी हुन आज बिहानैदेखि भृकुटीमण्डपमा भौचर लिन युवाहरु लाइनमा बसेका थिए। विभिन्न कम्पनीमा तालिम लिन सयौंको संख्यामा मानिसहरु लाइनमा बसेर भौचर लिइरहेका छन् ।

यस परियोजनाबाट १ लाख ५८ हजारभन्दा बढी युवाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अनुमान गरिएको छ। यस परियोजनामा छोटो अवधिको तालिम र रोजगारीमा आवद्धता, प्राविधिक शिक्षामा कार्यरत नेतृत्वकर्ता र विषयगत प्रशिक्षकहरुको क्षमता अभिवृद्धि, प्राविधिक शिक्षामा अध्ययन गर्नेहरुका लागि छात्रवृत्तीका साथै पूर्व सिकाईको सीप परीक्षण जस्ता कार्यक्रमहरु संचालन हुनेछन्।

यो परियोजना पहिलोपटक सन् २०११ को जुलाईदेखि २०१६ को जुलाईसम्म सम्पन्न भएको थियो। दोस्रो चरणको परियोजना सन् २०१७ मा सुरु भइ २०२१ को जुलाईसम्म रहनेछ।

 

 

 

प्रतिक्रिया