
समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता दिन सुरु
काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेको छ । पहिलो दिन कान्तिपुर, शिव शिखर बहुउद्देश्यीय र पशुपति सहकारीका ३७८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार प्रारम्भिक चरणमा कम रकम बचत गरेका सदस्यलाई प्राथमिकता दिइएको छ । अब भने बचतको आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने जनाएको छ ।
हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै ऋण असुली प्रक्रिया पनि तीव्र पारिएको बताएकी छन् । समितिका अनुसार हालसम्म २ करोड रुपैयाँभन्दा बढी ऋण असुल भइसकेको छ ।



कागजपत्र |
