रामेछापमा बलात्कार आरोपमा एक जना पक्राउ


रामेछाप- रामेछापमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका- १ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय विक्रम भुजेल छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

विक्रमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी साँघुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया