
विद्यालयमै मृतावस्थामा फेला परे प्रधानाध्यापक धामी
धनगढी – दार्चुलामा प्रधानाध्यापक विद्यालयमै मृत भेटिएका छन् ।
जिल्लाको ब्यास गाउँपालिका—४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार विद्यालयकै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतले उनी विद्यालयको निवासमा बिहान ६ बजेतिर मृत भेटिएको जानकारी दिए ।
उनकाअनुसार स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल सिल गरेका छन् भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी अनुसन्धानमा खटिएको छ ।
मृत भेटिनुभन्दा केही समयअघि उनले सामाजिक सञ्जाल फेसबुकमा मृत्युबारे लामो स्टाटस लेखेको पाइएको छ । त्यसबारे पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
