गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौं – गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति करिब १० बजे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा गम्भीर घाइते भएका थिए ।

त्यसैगरी मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह राना पनि गम्भीर घाइते भएका थिए । घाइते दुई जनाको उपचारकै क्रममा राति निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रतिक्रिया