
टस जित्दै स्कटल्याण्डले रोज्यो ब्याटिङ, नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं – विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
स्कटल्यान्डका कप्तान रिची बेरिग्टंनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो।
नेपालले शनिबार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख , इशान पाण्डे, रोहित पौडेल (कप्तान) रहेका छन्। यस्तै दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी समेटिएका हुन्।



कागजपत्र |
