नक्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ


दशरथचन्द – नक्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको पुर्चाैंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान २ः५० बजे घरबाटै नियन्त्रणमा लिएको हो ।

रतोकी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट भागेका थिए ।

उनलाई जबर्जस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष छ महिना कैद सुनाइएको थियो ।

पक्राउ परेका रतोकीलाई डडेल्धुरा कारागार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया