यस्ता छन् पछिल्लो मन्त्रिपरिषद्का मुख्य चार निर्णयहरू


काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए ।

उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ ।

त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमल्सिनाले बताए ।

बैठकले भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई समेत स्वीकृत गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया