मध्यपहाडी र हुलाकी राजमार्ग विस्तारलाई प्राथमिकता


काठमाडौंसरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गसहित अन्य राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति तीव्र गतिमा गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै यस्तो घोषणा गरेको हो ।

त्यसैगरी, काठमाडौं–तराई द्रूतमार्ग तथा त्यसका लिंक सडकमार्गहरूको निर्माण कार्य शीघ्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

सरकारले देशभरका सबै पालिकालाई १२ महिना सञ्चालन हुने स्थायी सडक सञ्जालसँग जोड्ने पनि उद्घोष गरेको छ । यसले दुर्गम क्षेत्रसम्म यातायात पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया