आगामी वर्षभित्र सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा


काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र देशलाई सडक बालबालिका मुक्त बनाउने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संघीय संसद्‍मा सोमबार प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सडक बालबालिका मुक्त गर्ने अभियान अघि बढाइने बताएका हुन् ।

सरकारले तीनै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गर्ने व्यवस्था गर्ने पनि जनाएको छ ।

राष्ट्रपति पौडेलले असहाय, अशक्त तथा जोखिममा परेका नागरिकलाई समुदायमै संरक्षण र पुनर्स्थापना सेवा प्रदान गरिने जानकारी दिए ।

त्यसैगरी अपांगता भएका व्यक्तिलाई उद्यमशीलता तथा रोजगारमूलक सीप प्रदान गरी आत्मनिर्भर बनाइने नीति सरकारले लिएको छ ।

प्रतिक्रिया