
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बस दुर्घटना, १० जना घाइते
बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट धनगढीका लागि छुटेको ना ८ ख १९४९ नम्बरको बस बुधबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पठाइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
उनका अनुसार दुर्घटना चिसापानी नजिक भएको हो । बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
