खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु


सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी र अभिनाष चौधरीको छोरा ९ वर्षीय बिकाश चौधरीको सोही ठाउँस्थित सेउती खोला किनार नजिक खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनीहरूको सान्वि सिटी अस्पताल लबिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया