
स्विजरल्याण्डबाट खरेलको स्पष्टीकरण : ‘फेक न्युजबाट डराउँदिनँ’
काठमाडौं– पूर्वसञ्चारमन्त्री तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूमाथि नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको आरोप लगाएका छन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर भ्रामक तथा झुटा समाचार फैलाइएको भन्दै उनले त्यसविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खरेलले आमजनतालाई भ्रममा नपर्न आग्रह गरेका छन् । उनले हाल आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको जानकारी दिँदै आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन् ।
‘मैले कुनै गल्ती गरेको छैन, त्यसैले मलाई अलिकति पनि डर छैन,’ खरेलले लेखेका छन् ।
उनले भ्रामक, नियोजित र कपोलकल्पित प्रचारमार्फत आफ्नो चरित्र हत्या र राजनीतिक भविष्यमा प्रहार गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । यस्ता गतिविधिविरुद्ध कानुनी बाटो अपनाउने उनको चेतावनी छ ।



कागजपत्र |
