चिकित्सक संघकाे अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित


काठमाडौं-  नेपाल चिकित्सक संघ (एनएमए) को ३०औं कार्यकारिणी समितिको निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम नतिजाअनुसार रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावलभन्दा २५६ बढी मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्।

डा. रिजालले ३,१९६ मत प्राप्त गर्दा डा. रावलले २,९४० मत पाए। तेस्रो प्रतिस्पर्धी डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी विजयी भएका छन्। उनले ३,०३६ मत प्राप्त गरे भने डा. कीर्तिपाल सुवेदीले २,३०२ मत र डा. अजयकुमार मिश्रले १,४२१ मत प्राप्त गरे।

महासचिव पदमा डा. विश्वराज दवाडी विजयी भएका छन्। उनले २,७२२ मत पाए भने डा. कालुसिंह खत्रीले २,४२३ मत र डा. अमृत भुसालले १,६४६ मत प्राप्त गरे।

प्रदेश उपाध्यक्षहरूमा कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. योगेशराज सिग्देल, लुम्बिनीबाट डा. नन्दा गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका छन्।

त्यस्तै सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन्।

सदस्य पदमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन्।

निर्वाचन वैशाख ४ र ५ गते उपत्यकाबाहिर तथा वैशाख १७ र १८ गते काठमाडौं उपत्यकामा सम्पन्न भएको थियो। कुल करिब ७,१०० मत खसेको थियो।

यसपटक चिकित्सक संघको निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्म गरी तीन प्यानलबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया