
स्पार्क हेल्थ रिसोर्टमा अनियमितता: बिरामीलाई डर देखाएर परीक्षण गराउने गरेको आरोप
काठमाडौं- काठमाडौंस्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा गम्भीर अनियमितता फेला परेको छ।
नेपाल मेडिकल काउन्सिलमा परेको उजुरी तथा गरिएको स्थलगत निरीक्षणका क्रममा उक्त संस्थामा कार्यरत भनिएकी डा. चेतना पौड्यल नामकी व्यक्ती काउन्सिलमा दर्ता नभएको पाइएको हो।
काउन्सिलका अनुसार बिरामीको अवस्था समुचित मूल्याङ्कन नगरी एकैपटक धेरै परीक्षण गराउन सिफारिस गर्ने, सर्वसाधारणलाई भ्रममा पार्ने तथा अनावश्यक डर देखाएर परीक्षण गराउने जस्ता गतिविधि भएको देखिएको छ।
यससम्बन्धी उजुरी र निरीक्षणबाट प्राप्त तथ्यका आधारमा नेपाल मेडिकल काउन्सिलले फागुन १२–१३ गते बसेको बैठकबाट आवश्यक कारबाहीका लागि उक्त विषय स्वास्थ्य शाखा, चन्द्रागिरी नगरपालिकामा पठाएको जनाएको छ।
काउन्सिलले स्वास्थ्य संस्थाहरूलाई प्रचलित कानुन र मापदण्ड पालना गर्न पुनः आग्रहसमेत गरेको छ।



कागजपत्र |
