
दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले दिए राजीनामा
काठमाडौं- नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई २०८० असोज १३ गते नेपाल दलित संघको अध्यक्षमा नियुक्त गरेका थिए।
विश्वकर्माले राजीनामाको कारणका रूपमा पारिवारिक र शारीरिक अवस्थालाई उल्लेख गरेका छन्। उनले व्यक्तिगत कारणले जिम्मेवारी निरन्तर निर्वाह गर्न असमर्थ भएको भन्दै पदबाट अलग भएको जनाएका छन्।




कागजपत्र |
