
दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण (हबेअस कर्पस) रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै भट्टलाई बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको हो।
अदालतले भट्टलाई किन र कुन आधारमा नियन्त्रणमा राखिएको हो भन्नेबारे स्पष्ट कारण पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिएको छ। मुद्दाको थप सुनुवाइपछि यसबारे अन्तिम निर्णय हुने छ।



कागजपत्र |
