
सरकारको स्पष्टोक्ति : टियु मैदान हटाउने होइन, लिज नवीकरण हुँदैछ
काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालय (टियु) परिसरस्थित क्रिकेट मैदान र त्यहाँ रहेका संरचना नहटाइने स्पष्ट पारेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले टियु क्रिकेट मैदान भत्काउने कुनै योजना नरहेको बताएका हुन्।
मन्त्री पोखरेलका अनुसार सोमबार बिहानै टियुका उपकुलपतिसहित पदाधिकारीहरूसँग यस विषयमा छलफल भएको थियो। उनले अहिलेको प्रक्रिया खाली गराउने उद्देश्यले नभई लिज अवधि सकिएकाले नयाँ सम्झौता (एग्रिमेन्ट) गर्ने दिशामा अघि बढेको स्पष्ट पारे।
“खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ, संरचना भत्किँदैन,” मन्त्री पोखरेलले भने।
यसअघि टियु प्रशासनले परिसरभित्र रहेका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेपछि विवाद चर्किएको थियो।



कागजपत्र |
