
डडेल्धुरामा झाडापखालाले ७ वर्षीय बालकको मृत्यु
डडेल्धुरा – डडेल्धुरामा झाडापखाला (डायरिया) का कारण एक बालकको मृत्यु भएको छ। भित्री मधेश क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ का सात वर्षीय युवराज बुढामगरको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।
अत्यधिक पखाला र वान्ता भएपछि उनलाई उपचारका लागि जोगबुडा प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार सोही परिवारका अन्य तीन सदस्यलाई पनि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। उनीहरूको हैजा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र फूड पोइजनको आशंका गरिएको छ। हाल उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
मृतक बालककी आमा मञ्जु बुढामगरलाई पनि धनगढी रेफर गरिएको छ। छोराको मृत्युको घटनापछि उनी विक्षिप्त अवस्थामा बेहोस भएकाले थप उपचार आवश्यक भएको अस्पतालले जनाएको छ।



कागजपत्र |
