रूपन्देही प्रहरीको एक्सनः २ घन्टाको स्वीप अपरेशनमा १०३ जना पक्राउ


काठमाडौं – शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सन्चालन गरिएको थियो ।

अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा १०३ जनालाई नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले जानकारी दिए ।

नियन्त्रणमा रहेकाहरुको अपराधिक गतिविधि सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

प्रतिक्रिया