महानगरद्वारा सिटी मार्केटका पसलहरु बलपूर्वक बन्द


काठमाडौं- काठमाडौं महानगरपालिकाले सम्झौता बिनानै विगत ७-८ वर्षदेखि सञ्चालित पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ ।

सम्झौताविना नै व्यवसायीहरुले ७-८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो । सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक-पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । यसअघि महानगरले सो भवन ठेकेदारमार्फत भाडमा दिएको थियो । तर, सो सम्झौता नवीकरण नभएकाले महानगरले व्यापारीहरुलाई हट्न निर्देशन दिंदै आएको थियो ।

प्रतिक्रिया