
२.९५ अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडाैं- बुधबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २.९५ अंकले घट्दै २ हजार ८०४.१७ अंकमा झरेको हो ।
यस दिन ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरका १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज बैंकिङ, फाइनान्स, इनभेस्टमेन्ट, म्यानु एण्ड प्रो र नन्लाइफ इन्स्योरेन्स समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी समूहका उपसूचक ऋणात्मक भएका छन् ।
आज १३८ कम्पनीको शेयरमूल्य घट्दा १२१ कम्पनीको मूल्य बढेको छ । पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिजको शेयरमूल्य आज १५ प्रतिशतले बढेको छ भने, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य समान १४.९९ प्रतिशतले बढेको छ ।
यता होटल फरेस्ट इनको शेयरमूल्य भने आज १० प्रतिशतले घट्न पुगेको छ ।



कागजपत्र |
